दसैंमा सुनसान बन्यो पाथीभरा
gorkhapatraonline.com · Thu Oct 22 12:19:23 GMT 2026

विगतका वर्षमा नवरात्र सुरु भएसँगै दर्शनार्थीको घुइँचो लाग्ने ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर यस वर्षको दसैंमा सुनसानजस्तै बनेको छ । दसैं–तिहारको बिदामा पारिवारिक भ्रमण तथा मन्दिर दर्शनका लागि आउने भक्तजनको सङ्ख्या घटेपछि पाथीभरा क्षेत्रका होटल तथा यातायात व्यवसायी प्रभावित भएका छन् ।
विगतका वर्षमा दसैंको मुख्य सिजनमा दैनिक १० हजारसम्म तीर्थयात्री पुग्ने पाथीभरामा यस वर्ष भने दर्शनार्थीको सङ्ख्या निकै न्यून देखिएको छ। तीर्थयात्रीको चाप हुने समयमा काफ्लेपाटी क्षेत्रका होटल भरिभराउ हुने र मेची राजमार्ग तथा तमोर करिडोर आसपासका बजारमा समेत चहलपहल बढ्ने गरेको थियो । तर, यस वर्ष अपेक्षाकृत रूपमा तीर्थयात्री नआउँदा व्यवसायमा प्रत्यक्ष असर परेको स्थानीय व्यवसायीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)