बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
gorkhapatraonline.com · Sun May 17 01:47:44 GMT 2026

भोजपुर, जेठ ३ गते । षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो ।
किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)