मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति, संसद् विघटनको एजेन्डामा अझै विवाद

ekantipur.com · Thu Sep 11 21:56:49 GMT 2025

राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सहमत भएका छन् । तर, जेनजी समूहले सर्तका रूपमा अघि सारेको संसद् विघटनको एजेन्डामा भने अझै सहमति जुट्न सकेको छैन ।

अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राती साढे १० बजेदेखि शुक्रबार बिहानसम्म वार्ता भएको थियो । 'पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । तर, संसद् विघटको विषयमा भने विवाद कायमै छ,' बैठकमा सहभागी एक अधिकारीले भने, 'अन्तरिम सरकार र संसद् विघटनका विषयमा कसरी संवैधानिक प्रक्रिया पूरा गर्ने भन्ने विषयमा लामो छलफल भएको हो । संवैधानिक व्यवस्थाका विषयमा प्रश्न नउठोस् भनेर लामो छलफल भएको हो । राष्ट्रपति र पूर्वप्रधानन्यायाधीशबीच धेरै विषयमा समान धारणा छ । शुक्रबार फेरि छलफल हुन्छ, सायद सहमति पनि हुन्छ र नियुक्तिको प्रक्रिया अघि बढ्छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)