साउदीको तेल केन्द्रमा ड्रोनको भग्नावशेष भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
lokaantar.com

साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार यूएईको सिमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई बीचमै रोकिएको थियो । त्यसपछि खसेको भग्नावशेषले तेल केन्द्रमा क्षति पुगेको हो । भग्नावशेष खस्दा केन्द्रमा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा समेत आगलागी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)