मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एआईमा बढ्दो खर्च र २५ अर्ब डलर जरिवानाका कारण मेटाको शेयर मूल्य घट्यो

bishowkhabar.com · Thu Oct 22 12:47:55 GMT 2026

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विस्तारमा भइरहेको भारी खर्च र सोबाट प्राप्त हुने लाभबारे लगानीकर्ताहरूले लेखाजोखा गरिरहँदा सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्म्सको शेयर मूल्य बिहीबारको प्रि-मार्केट कारोबारमा करिब ३ प्रतिशतले घटेको छ । यस वर्ष कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको भए पनि हालको गिरावट कायमै रहेमा मेटाको बजार पूँजीकरणबाट करिब ५० अर्ब अमेरिकी डलर घट्ने अनुमान गरिएको छ ।

तेस्रो त्रैमासिकमा कम्पनीले अपेक्षाभन्दा राम्रो आम्दानी गर्नुका साथै चौथो त्रैमासिकको बिक्री अनुमान पनि वाल स्ट्रिटको प्रक्षेपणभन्दा माथि रहने जनाएको छ । यसका साथै मेटाले आफ्नो नयाँ एआई एजेन्ट एप ‘म्युज’ प्रयोगकर्ताहरूले तीव्र रूपमा अपनाइरहेको विषयलाई समेत उजागर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)