मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तत्कालै देशभर लकडाउन आवश्यक छैन, सतर्कता बढाउनू

makalukhabar.com · Sun Apr 25 00:40:28 GMT 2021

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै देशभर लकडाउन आवश्यक नभएको बताएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अहिले नै देशभर लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

सीसीएमसीले गरेको ‘ब्रिफिङ’पछि प्रधानमन्त्रीले केही दिनअघि जारी भएको स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए । ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार कोरोनाको संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए । सीसीएमसीले यही वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, संक्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)