मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

lokaantar.com

भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक कालोपत्रका लागि प्रक्रिया अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालयका अनुसार पहिलो चरणमा सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार ९९६ रूख काट्नुपर्ने जनाएको छ ।

निकुञ्जले ध्रुवबाट बनकट्टासम्म सडकको बीचबाट १५ मिटर दायाँबायाँ पर्ने रूखको तथ्याङ्क सङ्कलन गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनका अनुसार तथ्याङ्क सङ्कलन गरेर नापजाँच गरी हुलाकी राजमार्ग निर्देशनालय र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि पठाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)