साउदीमा ड्रोनको भग्नावशेष खसेर नेपालीको मृत्यु भएको घटनाप्रति परराष्ट्रद्वारा गहिरो दुःख व्यक्त
ratopati.com · Thu Oct 22 13:50:59 GMT 2026

काठमाडौँ । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त घटनाबारे जानकारी दिँदै गहिरो दुःख व्यक्त गरेको छ ।
मन्त्रालयका अनुसार हिजो भएको उक्त ड्रोन आक्रमणलाई निस्तेज पार्ने क्रममा खसेको भग्नावशेष लागेर ती नेपाली नागरिकको ज्यान गएको हो । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक–सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)