कांग्रेस महाधिवेशन : १५ वटा गाडीमा राखेर ८४ मतपेटिका सानेपा लगिँदै
ekagaj.com · Mon Dec 13 19:38:32 GMT 2021
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत आज सम्पन्न भएको सभापतिबाहेकको मतदानको मत पेटिका पार्टी कार्यालय सानेपा लगिने निर्वाचन समितिले जनाएको छ ।
८७ वटा मत पेटिकामध्ये ८४ वटा मट पेटिका कांग्रेस मुख्यालय सानेपामा लगिनेछ । निर्वाचन समितिले १५ वटा गाडीमा राखेर ट्यांकीभित्र रहेको मत पत्र मुचुल्का गरेर सानेपा लगिने छ । सभापतिको मत गणना भने राष्ट्रिय सभागृहमा नै गर्ने तयारी छ । ४७४३ मध्ये ४६७९ मत खसेकाे बताइएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)