मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

द्रुत मार्ग सुस्त तर संरचना भव्य

ekantipur.com · Mon Feb 19 00:43:56 GMT 2024

काठमाडौँ — काठमाडौं–तराई मधेश द्रुत मार्गको काम सुस्त भए पनि सुरुङ र पुलका लागि भव्य संरचना निर्माण भइरहेका छन् । समग्र भौतिक प्रगति ३१ प्रतिशत हाराहारी रहे पनि सुरुङ निर्माणको काम भने तीव्र गतिमा भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्र्याक निर्माण गर्न व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको ६ वर्षमा समग्र आयोजनाको प्रगति ३०.९६ प्रतिशत पुगेको छ ।

तर, यही आयोजनाअन्तर्गत निर्माण भइरहेका ६ वटा सुरुङ मार्गको भौतिक प्रगति भने ६७.४३ प्रतिशत छ । अहिले तीनवटा सुरुङको निर्माण जारी छ । सडक मार्गमा सबैभन्दा लामो दूरीको सुरुङ पनि यहीं बन्दै छ । उक्त मार्गमा पर्ने लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किमिका ३ वटा सुरुङ निर्माणाधीन छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)