सुदूरपश्चिम सरकार बेखर्ची
ekantipur.com · Tue Jul 16 23:24:06 UTC 2024

धनगढी — राजनीतिक खिचातानी र सरकारको बेवास्ताका कारण सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको छ । प्रदेश सरकारले असार मसान्तभित्र बजेटसम्बन्धी कानुन पारित गर्न नसक्दा बजेटविहीनताको अवस्था आएको हो । आर्थिक वर्ष ०८१/८२ को पहिलो दिन मंगलबारदेखि आम्दानी र खर्च गर्न नपाउने भएपछि सुदूरपश्चिम सरकारको आर्थिक गतिविधि ठप्प भएको हो ।
बजेटसम्बन्धी कानुनी रिक्तताका कारण प्रदेश सरकारका आम्दानी र खर्चका ढोका पूर्ण रूपमा बन्द भएका हुन् । ०८१/८२ को बजेट पारित नहुँदा सरकारले राजस्व संकलन (आम्दानी) र दैनिक प्रशासन सञ्चालन खर्चसमेत रोकिएको छ । अब प्रदेश सरकारले आर्थिक ऐनमार्फत आम्दानी गर्ने र विनियोजन ऐनमार्फत खर्च गर्नुपर्ने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)