प्राकृतिक विपतबाट कोशीमा एक वर्षमा ७७ जनाको गयो ज्यान
rajdhanidaily.com · Tue Jul 16 23:18:25 UTC 2024

इटहरी । कोशी प्रदेशमा प्राकृतिक विपत्बाट एक वर्षमा ७७ जनाको निधन भएको छ । आर्थिक वर्ष २०८०।८१ मा कोशी प्रदेशमा प्राकृतिक विपत्बाट ७७ जनाको निधन भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार बाढीबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको छ ।
तथ्यांकअनुसार ११७ स्थानमा आएको बाढीका कारण २२ जनाको निधन भएको छ भने २४ जना घाइते भएका छन् । यसैगरी विभिन्न जिल्लामा भएको आगलागीबाट २० जनाको निधन हुँदा एक सय ३४ जना घाइते भएका छन् । प्रहरीका अनुसार एक हजार ७३१ स्थानमा आगलागी हुँदा सो संख्यामा क्षति भएको हो । यस्तै, २५३ वटा जंगली जनावरको आक्रमणबाट १३ जनाको निधन भएको छ भने ५७ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)