मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा

rajdhanidaily.com · Tue Jul 16 23:21:47 UTC 2024

पोखरा । पोखरा नयाँबजारस्थित दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य बिमा बोर्डले आव २०८१–०८२ देखि लागु हुने गरी दृष्टिसहित नेपालका २ आँखा अस्पताल र १० मेडिकल कलेजलाई सेवा सूचीकृत गरेको हो ।

सो सेवाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । उनले सरकारी क्षेत्रबाट हुने स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा दिने सेवाग्राहीलाई पहिलो प्राथमितामा राखेर सेवा दिनुपर्ने बताए । उनले बिमाबाट प्राप्त हुने सुविधालाई नागरिकले सरल र सहज रुपमा प्रयोग गरी गुणस्तरीय सेवा पाउनुपर्ने समेत बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)