जगदम्बा मोटर्सले सेग्मेन्टकै पहिलो 'रियर-ह्विल-ड्राइभ' ईभी ल्याउँदै
aarthiknews.com

काठमाडौँ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर-ह्विल-ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ ।
उक्त गाडीमा विशेष रूपमा रियर-ह्विल-ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकसम्म विभिन्न प्रकारका सडकमा सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)