झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना: चालक दलका सदस्यसहित ७ जनाको मृत्यु
ratopati.com · Mon Feb 23 18:49:44 GMT 2026

काठमाडौँ । भारतको राँचीबाट दिल्लीका लागि उडेको एक निजी एयर एम्बुलेन्स सोमबार साँझ झारखण्डको चतरा जिल्लामा दुर्घटना हुँदा त्यसमा सवार दुई चालक दलका सदस्यसहित सबै सात जनाको मृत्यु भएको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनाको पुष्टि गरेको छ ।
प्रारम्भिक जानकारी अनुसार, विमान राँचीको बिरसा मुन्डा एयरपोर्टबाट साँझ ७ः११ बजे दिल्लीका लागि मेडिकल उडान भरेको थियो । उडान भरेको केही समयमै विमानसँगको राडार र रेडियो सम्पर्क टुटेको थियो । कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग विमानको अन्तिम सम्पर्क साँझ ७ः३४ मा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)