आगलागीपछि पुनः सञ्चालनमा आयो नेबिको बिस्कुट
lokaantar.com · Wed Sep 22 16:43:24 GMT 2021
आगलागी भएको ४४ दिनपछि नेबिको बिस्कुटले पुनः उत्पादन शुरू गरेको छ । गत साउन २३ गते बालाजुस्थित उद्योगमा पूर्णरूपमा क्षति भएको नेबिकोले छोटो समयमा नै उत्पादन शुरू गरेको हो ।
कम्पनीले आजदेखि औपचारिकरूपमा बालाजु प्लान्टबाट उत्पादन शुरू गरिएको जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले राम्रो व्यवस्थापनका कारण आगलागीबाट पूर्णरूपमा बन्द भएको उद्योग सञ्चालमा ल्याउन सफल भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)