मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेन युराे कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश

Ujyaaloonline.com · Mon Jun 28 23:46:24 GMT 2021

काठमाण्डाै - स्पेन युराे कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गएराति कोपनहेगनमा भएको खेलमा तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक/एक गोल गरे ।

क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक/एक गोल गरे । क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो । खेलको २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)