मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलको टिकट मूल्य सार्वजनिक, आजैदेखि खरिद गर्न सकिने

nepalviews.com · Thu Oct 22 14:44:24 GMT 2026

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ। क्यानका सचिव पारस खड्काले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुने प्रतियोगिताको टिकट दर तय गरिएको जानकारी दिएका हुन्।

क्यानले निर्धारण गरेको मूल्य सूची अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी, प्रतियोगिताको नकआउट चरणअन्तर्गत इलिमिनेटर तथा फाइनल खेलका लागि भने साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ कायम गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)