कुशीनगर खुलिसक्यो, गौतम बुद्ध विमानस्थल कहिले ?
ekantipur.com · Fri Oct 22 00:43:36 GMT 2021
भैरहवा — तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शिलान्यास गर्दा यहाँबाट नजिकै भारतको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरसार थिएन ।
बुद्ध धर्मावलम्बीलाई लक्ष्य गरेर भैरहवाबाट करिब २ सय किमि दूरीमा रहेको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । तर चार वर्षअघि निर्माण सकिनुपर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि सञ्चालनमा आउने हो, कुनै टुंगो छैन । यहाँ आयोजनाको म्याद थप गरेर लम्ब्याउने काम भइरहेको छ । बौद्ध धर्मावलम्बी सीधै बुद्ध जन्मस्थल लुम्बिनी भित्र्याउन विमानस्थल निर्माण थालिएको हो । त्यो सपना कहिले पूरा हुन्छ, ठेगान छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)