मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि सभापति बन्न नपाउने भएपछि रास्वपाको महाधिवेशन अनिश्चित

barnanmedia.com · Sun Mar 30 21:33:26 GMT 2025

गत १ र २ असोजमा बसेको राष्ट्रिय भेलाले रास्वपाको केन्द्रीय महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको थियो। मिति पनि तय भएको थियो, २५, २६ र २७ २०८२ वैशाख।

तर, पहिलो महाधिवेशनको संघारमा आइपुग्दा पनि अनिश्चित छ। कारण हुन् रवि लामिछाने। सहकारी ठगी मुद्दामा गत असोजमा पक्राउ परेका रविको सांसद पद निलम्बनमा छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रवि र उनकी पत्नी निकिता पौडेललगायतविरुद्ध ७ पुसमा सहकारी ठगी आरोपमा मुद्दा दायर गरेको थियो। रवि र पत्नी निकितामाथि सहकारी ठगेर कमाएको २७ करोड ८९ लाख रुपैयाँलाई वैध बनाउन खोजेको आरोपमा सम्पत्ति शुद्धीकरण मुद्दा चलेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)