दुई वर्षमा बन्नुपर्ने पुल ६ महिनामै तयार, बिजुली गतिमा काम सकिएपछि भुक्तानीमा समस्या
shilapatra.com · Sat May 13 00:15:00 GMT 2023
बनाउँदा बनाउँदै ठेकेदार कम्पनीले सडक र पुलहरू अलपत्र पारेका कैयाैं याेजना छन् । तर नुवाकाेटमा एक निर्माण कम्पनीले ६ महिनामै पक्की पुल तयार गरिदिएकाे छ । सम्झाैताअुनसार, पुल निर्माण सकिन अझै १४ महिना बाँकी छ । तर त्यसअघि नै पुल बनिसकेर प्रयाेगमा आएकाे छ ।
नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नम्बर १ उर्लेनी जोड्ने पक्की पुलको गत बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले उद्घाटन गरिसकेका छन् । नुवाकाेटकै विकट बस्तीको रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोध रहेको दोर्खु खोलामा बनेकाे पक्की पुलले जीवनयापन सहज बनाउने विश्वास लिइएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)