प्रदीप ज्ञवाली दिल्ली पुगेपछि भारतले भन्यो: सीमाबारे छलफल हुँदैन !
annapurnapost.com · Thu Jan 14 23:11:00 UTC 2021
नयाँदिल्ली: नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतसँग संयुक्त आयोगको बैठकमा भाग लिन यही शुक्रबार नयाँदिल्ली पुगेका छन् । नेपाली पक्षले आयोगको बैठकमा सीमा विवादबारे पनि छलफल हुने बताइरहँदा भारतीय पक्षबाट भने यसको ठीक विपरीत सीमा विवादबारे छलफल नहुने समाचार आएको छ ।
ज्ञवालीको दुईदिने भ्रमण दुई देशबीचको द्वीपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भएको तर सीमा विवादबारे छलफल गर्नका लागि यो मञ्च उपयुक्त नभएको भारतीय पक्षको भनाइ छ । कोभिड संकटपछि भारत भ्रमण गर्ने परराष्ट्रमन्त्री ज्ञवाली पहिलो नेपाली उच्चस्तरीय नेता पनि हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)