मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, नागरिक उन्मुक्तिको अडान कायमै

nepallive.com · Thu Feb 09 00:32:00 GMT 2023

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिने भएका छन्। जसका लागि बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री रावलले विश्वासको मत लिने बिहीबार अन्तिम दिन हो।

यसअघि बुधबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत पाउनेमा आशंका देखिएपछि बुधबारको बैठक स्थगित गरिएको थियो। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता रावल नेतृत्वको सरकार संकटमा परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)