ब्रेक फेल हुँदा बस खस्यो : १३ को मृत्यु, २२ घाइते
ekantipur.com · Wed Jul 06 00:54:14 GMT 2022
रामेछाप — काठमाडौंका लागि हिँडेको बस रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् ।
मंगलबार बिहान सुनापति–३ हिलेदेवीको स्वाँराबाट ४० जना बोकेर हिँडेको पूर्व अरनिको यातायात समितिको बा३ख ८३९६ नम्बरको बस लुभु बजारबाट केही उत्तरमा पर्ने घुम्तीबाट खसेको हो । ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)