१२ कक्षासहित सबै परीक्षा स्थगन गर्न सिफारिस
ekantipur.com · Sat Aug 07 00:50:43 GMT 2021
काठमाडौँ — कोरोना संक्रमण बढ्दै गएकाले कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञहरूसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरेको हो । मृत्युदर १.५ प्रतिशत पुगेको र संक्रमण दर पनि बढ्दै गएकाले परीक्षा सञ्चालन गर्न नहुने अडान स्वास्थ्य मन्त्रालयले लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)