प्रचण्डले भने– संसद् विघटनविरुद्ध संघर्ष वा आत्महत्या गर्ने भन्ने विकल्प थियो
nayapatrikadaily.com · Fri Oct 01 00:45:00 GMT 2021
केही समययता भावनात्मक अभिव्यक्ति दिँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहिलोपटक संसद् विघटन गरेपछि आफ्नोसामु संघर्ष वा आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले त्यसवेला आफूले पार्टीका नेताहरूको साथ लिएर क्रान्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको बताए ।
प्रचण्डले त्यसवेला साबिकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आफ्नोसामु आएको सुनाएका थिए । प्रचण्डले भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग सुनाए । आफू पनि झन्डैझन्डै यस्तो अवस्थामा पुगेको प्रचण्डको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)