पेट्रोलको मूल्य १५० रुपैयाँ पुग्यो, डिजलको र मट्टितेलमा पनि ५ रुपैयाँ नै बढ्यो
lokaantar.com · Fri Mar 04 00:42:01 GMT 2022
आजदेखि पेट्रोलियम पदार्थ थप महँगो भएको छ । नेपाल आयल निगम (एनओसी)ले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रुपैयाँका दरले मूल्य बृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल पनि प्रतिलिटर १३३ रुपैयाँ पुगेको निगमले विहीबार साँझ जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)