बजेट खर्च झन् कम
ekantipur.com · Tue Jul 16 23:37:44 UTC 2024

काठमाडौँ — आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष राजस्वमा सुधार देखिएको छ भने रकमका आधारमा खर्च झन् कम भएको छ । खासगरी पुँजीगत खर्च झन् कम भएको छ ।
सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा विकास निर्माणमा (पुँजीगत खर्च) ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य तय गरेकामा १ खर्ब ९१ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । यो वार्षिक लक्ष्यको साढे ६३ प्रतिशत हो । तर अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो । आर्थिक वर्ष २०७९/८० मा सरकारले २ खर्ब ३३ अर्ब ६९ करोड पुँजीगत खर्च गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)