मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लथालिंगे मुलुकको भताभुंगे चाला

rajdhanidaily.com · Tue Jul 16 23:40:29 UTC 2024

अराजक, अस्तव्यस्त एवं अव्यवस्थित समाजलाई व्यवस्थित बनाउने उद्देश्यले जनताले छानेको नाइकेकै आदेशमा प्रारम्भमा समाज सञ्चालित हुँदै आयो । पछि समाजको वृहत्तर क्षेत्र नै ओगट्दै क्रमशः आफ्नो प्रभुत्व कायम राख्ने प्रचलन सुरु भयो । यसक्रममा राज्यको उत्पति हुँदै आयो । नाइके वा गाउँबस्तीका अगुवाहरू पनि क्रमशः राजा महाराजामा परिणत हुँदै आए । कालान्तरका उनै राजा महाराजाले सम्पादन गर्दै आएको जिम्मेवारी अहिले राज्यको सरकारले बहन गर्दै आएको छ । यो विश्वव्यापी प्रचलन नै हो ।

निर्धारित मापदण्डअनुसारै सञ्चालित हुँदै आएका मुलुकहरू अहिले प्रगतिको शिखरमा पुगिसकेका छन् । नेपालको सन्दर्भमा भने लथालिंगे अवस्थाबाट व्यवस्थित बन्दै आएको हाम्रो मुलुक भने अहिले पुनः उत्पत्तिकालकै लथालिंगे अवस्थातर्फ नै फर्कन थालेको आभास हुन थालेको छ । यसको कारण पनि जिम्मेवार बनाइएकै जनप्रतिनिधिको गैरजिम्मेवार कार्यशैली देखिएको छ । किनकि, पहिलेका राजा महाराजा राज्य सञ्चालकहरू नियम कानुनकै परिधिभित्रै रहेर राज्य सञ्चालन गर्थे । कानुन उल्लंघन गर्नेलाई दण्ड सजाय दिन पनि पछि पर्दैनथे । दण्ड र पुरस्कारको व्यवस्थाले समाज पनि अनुशासित रूपमै सञ्चालित हुन्थ्यो । तर, अहिले राज्य सञ्चालककै बदनियतमा आधारित स्वेच्छाचारी प्रवृत्तिले गर्दा पुनः मुलुक अस्तव्यस्त बन्न थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)