मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प शुल्क योजनामा कानूनी अड्चन

barnanmedia.com · Mon Feb 23 21:35:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको व्यापक आयात करविरुद्ध सर्वोच्च अदालतले दिएको निर्णयपछि अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा अनिश्चितता बढेको छ । यद्यपि प्रारम्भिक प्रतिक्रिया स्वरूप एसियाली वित्तीय बजार भने अपेक्षाकृत शान्त देखिएका छन् र धेरै सूचकहरू उकालो लागेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको फैसलाले अप्रिल २०२५ मा ट्रम्पले दर्जनौँ देशमाथि घोषणा गर्नुभएको व्यापक कर व्यवस्थालाई कानूनी चुनौती दिएको छ । उक्त निर्णयले त्यसयता भएका व्यापार वार्तामा बनेका सहमतिहरूलाई प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । चीन र दक्षिण कोरियाजस्ता देशहरूले अब वासिङ्टनको अर्को कदम के हुने भन्ने प्रतीक्षामा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)