मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

४३० रनको लक्ष्य चुम्दै श्रीलंकाको रोमाञ्चक जित, इंग्ल्याण्ड २ विकेटले स्तब्ध

annapurnapost.com · Thu Oct 22 17:21:21 GMT 2026

काठ्माण्डौँ : एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजअन्तर्गत रोमाञ्चक खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई २ विकेटले पराजित गरेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा इंग्ल्याण्डले दिएको ४३० रनको विशाल लक्ष्य श्रीलंकाले एक बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रन बनाएको थियो । इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले अविजित २०२ रनको शानदार पारी खेले । जो रुटले ६९ रन बनाउँदा टम बान्टनले ५० रनको योगदान दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)