स्थानीय तह निर्वाचन आज, मतदानबारे यस्ता छन् आयोगका निर्देशन
lokaantar.com · Thu May 12 23:29:33 GMT 2022
संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तह निर्वाचन हुन लागेको छ । शुक्रबार देशभर एकसाथ स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पुरा भएको र मतदान कार्य बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने जनाएको छ । २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तह निर्वाचनको ५ वर्षे कार्यकाल सकिएपछि आयोगले संविधानअनुसार अर्को ५ वर्षे कार्यकालका लागि चुनाव गर्न लागेको हो ।
आयोगका अनुसार निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)