मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी ‘सीमित आक्रमण’ पनि आक्रामकता : इरान

barnanmedia.com · Mon Feb 23 21:45:01 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘सीमित आक्रमण’ गर्ने विकल्प विचाराधीन रहेको सङ्केत दिनुभएपछि तेहरानले कुनै पनि प्रकारको अमेरिकी सैन्य कारबाहीलाई प्रत्यक्ष आक्रामकता मानिने चेतावनी दिएको छ । इरानले यस्तो कदमको कठोर प्रतिकार गरिने स्पष्ट पारेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा सीमित आक्रमण भन्ने अवधारणा नै अस्वीकार्य रहेको बताउनुभयो । “सीमित आक्रमण भन्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “आक्रामकताको कार्य भनेको आक्रामकताको कार्य नै हो । कुनै पनि राज्यले आफ्नो आत्मरक्षाको अन्तर्निहित अधिकार प्रयोग गरेर त्यसको कडा प्रतिक्रिया दिन्छ, र हामी पनि त्यही गर्नेछौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)