मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् अधिवेशन अन्त्य

ekantipur.com · Sun Sep 18 01:08:35 GMT 2022

काठमाडौँ — प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल अन्त्य भएको घोषणा हुने अपेक्षा गरिएको बैठकमा त्यस्तो हुन सकेन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको मात्रै जानकारी गराइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए जबकि सभामुखले प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनमा सबै सांसदलाई छोटो भए पनि बोल्न दिएर बिदाइ भोजसमेत खुवाउने तयारी भएको थियो । अन्तिम समयमा सांसदलाई बिदाइ गर्ने कार्यक्रम स्थगित गरेर प्रतिनिधिसभाको ११ औं र राष्ट्रिय सभाको १२ औं अधिवेशन शनिबार राति १२ बजेदेखि सरकारको सिफारिसमा राष्ट्रपतिले अन्त्य गरेको घोषणा गरिएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभाको शनिबारको बैठकमा संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)