मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मुलुकलाई निकास दिन कांग्रेस–एमाले गठबन्धन’

barnanmedia.com · Tue Jul 16 23:36:01 UTC 2024

काठमाडौँ, २ साउन : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रमुख राजनीतिक दलको सत्तासमीकरण सरकार बदल्नका मात्र नभई मुलुकलाई निकास दिनका लागि भएको जिकिर गर्नुभएको छ ।

पाँचथरको फिदिममा आज आयोजित कार्यक्रममा उहाँले कांग्रेस र नेकपा (एमाले) बीच देशमा रहेका मूलभूत समस्या समाधान, राजनीतिक स्थायित्वमार्फत विकास र समृद्धिका लागि सत्ता सहकार्य भएको बताउनुभयो । “मुलुकमा देखिएको अन्योल र अस्थिरता अन्त्य गर्न हामी एक ठाउँ भएका हौँ”, आङ्देम्बेले भन्नुभयो, “यो गठबन्धन सरकार परिवर्तनका लागि मात्रै भएको होइन । यस गठबन्धनको मुख्य प्राथमिकता राजनीतिक स्थिरताबाट समृद्धि प्राप्त गर्नु हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)