हुन्डाईको रोड टु फिफा वर्ल्ड कप फाइनलका विजेता घोषणा, कतार गएर विश्वकप हेर्न पाउने
bizmandu.com · Sun Nov 27 13:09:40 GMT 2022
काठमाडौं। हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ।
कम्पनीले आइतबार नक्सालको शोरुममा कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेता छनोट गरेको हो।
यो अभियानमा दर्ता भएका ८८७ प्रमाणित ग्राहकहरू मध्ये नयाँ पाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन्। विजेताले कम्पनीको तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन्।
कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी बिजेताको घोषणा गरेका हुन।
हुन्डाईका सबै विद्यमान ग्राहकहरूले आफ्नो सवारी दर्ता नम्बरमार्फत आफूलाई दर्ता गरी ‘रोड टु फिफा वर्ल्डकप २०२२ फाइनल’ मा सहभागी हुन सक्ने प्रावधान रहेको थियो।
कम्पनीले हुन्डाई मोटरको 'गोल अफ द सेन्चुरी' अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो।
हुन्डाई मोटरको 'गोल अफ द सेन्चुरी' अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपील मार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको कम्पनीले जनाएको छ।
योजना अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जोकोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर सो क्याम्पेनमा सहभागी हुन सक्ने थिए। यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली बिजेता चुनिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)