इबोलाको प्रकोप विस्तारिँदै, अफ्रिकी मुलुकहरूमा चुनौती बढ्यो
annapurnapost.com · Thu Oct 22 17:55:53 GMT 2026

काठमाडौँ : नाइजेरियामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएपछि अफ्रिकामा प्रकोप थप जटिल बन्न सक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दिएको छ । डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले भाइरसको फैलावटले महादेशका स्वास्थ्य प्रणालीमाथि थप चुनौती सिर्जना गरेको बताएका छन् ।
बिहीबार आयोजित अनलाइन सञ्चारमाध्यम ब्रिफिङमा उनले पूर्वी अफ्रिकाबाट नाइजेरियामा भाइरस प्रवेश गरेको पुष्टि गर्दै पश्चिम अफ्रिकामा देखिएको यो पहिलो घटना भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)