मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

barnanmedia.com · Mon Feb 23 22:27:05 GMT 2026

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी मेघराज पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश जारी गरेको हो ।

प्रसाईंका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)