सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
lokaantar.com

सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री र्याम्प (सिँढी) राख्न निर्देशन दिएको हो ।
सार्वजनिक यातायातलाई अपाङ्ग र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्याम्प (सिँढी) राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायी सम्बद्ध सङ्घ/संस्थाहरूलाई निर्देशन गर्नका लागि यही जेठ १७ गते सचिवस्तरीय निर्णय गरी पत्रचार गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)