मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसईई आजदेखि : ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदै

Ujyaaloonline.com · Fri Mar 31 01:08:41 GMT 2023

काठमाण्डाै - यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसईई परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरीका पाँच लाख १६ हजार ५ सय ७७ जनाले आवेदन फाराम भरेका छन् । आवेदन भरेकामध्ये चार लाख ८४ हजार २ सय २७ जना परीक्षामा सहभागी हुँदैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)