न्यायाधीस भुवन गिरीकी पत्नी आरती पनि पक्राउ, सरकारी कागज किर्ते गरेकाे आराेप
nepalpress.com · Mon Apr 17 17:15:33 GMT 2023
बाँके । बैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पनि पक्राउ परेकी छन् । सरकारी कागज किर्ते मुद्दामा फरार उनी बाँकेको नेपालगन्जबाट पक्राउ परेकी हुन् ।
न्यायाधीश गिरीमाथि बैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी गिरी पत्नी आरतीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार पक्राउ गरेर सरकारी कागज किर्ते गरेको अर्को मुद्दामा पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बाँके जिल्ला अदालतबाट सरकारी कागज किर्तेमा पक्राउ पुर्जी जारी भए पनि उनी लामो समयसम्म फरार थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)