इजरायलमा नौ नेपाली घाइते, नेपालद्वारा हमलाको भर्त्सना
gorkhapatraonline.com · Sun Oct 08 06:11:46 GMT 2023
काठमाडौँ, असोज २१ गते । इजरायलमा आइतबार भएको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार १४ जना नेपाली कामदार भएको एउटा फार्ममा आक्रमणमा परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
समाचार एजेन्सीहरूका अनुसार प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमण र त्यसको प्रतिशोधमा इजरायलबाट भएको जवाफी आक्रमणमा परी दुवैतर्फका गरी करिब तीन सय जनाको मृत्यु भएको छ । झन्डै एक हजार घाइते भएको अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)