जनार्दन शर्माले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त
barnanmedia.com · Mon Feb 23 23:13:19 GMT 2026

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
शर्माले सोमबार आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘आज धादिङमा भएको बस दुर्घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)