मेलम्चीको पानी हिजोको आजै रोकिनाले…
janaaastha.com · Sat Apr 03 16:45:12 GMT 2021
मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याइएको उपलक्ष्यमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट भृकुटी मण्डपमा उद्घाटन गरिएकोमा २४ घण्टा नबित्दै आज समस्या देखिएको छ । सुनौलो रङ्गमा पानी झर्ने धारासहित वरपर वाटर फाउण्टेन समेत बनाइएको थियो ।
तर, आज फाउण्टेनमा पानी आउन बन्द भएको छ । हिजो उद्घाटन र आजै अलपत्र भएको भृकुटी मण्डपको नयाँ धाराबारे जिज्ञासा राख्दा खानेपानी मन्त्रालयका अधिकारीले फाउण्टेनको एउटा साइडमा रहेको भल्भ बिग्रेकाले पानी बन्द भएको बताए । उनले ‘सेक्युरिटी नभएकाले कसैले चलाइदिँदा फाउण्टेन बिग्रिएको’ र अब प्राविधिकहरुले हस्तक्षेप गरेलगत्तै सबथोक ठीकठाक भैसकेको भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)