प्रतिष्ठित उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन
onlinekhabar.com · Mon Aug 09 16:24:08 GMT 2021
२५ साउन, काठमाडौं । नेपालका प्रतिष्ठित उद्यमी तथा रेस्टुरेन्ट व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपतिको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।
राजभण्डारीका अनुसार नेपालमा रेस्टुरेन्ट तथा क्याफे कल्चर विकास गर्न कक्षपतिको विशिष्ट योगदान रहेको छ । कक्षपति रेबानका संस्थापक अध्यक्ष तथा होटल संघ नेपाल (हान)का पूर्व अध्यक्ष हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)