मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला टि-२० आई सिरिज : नेपालले आज तान्जानियासँग खेल्दै

annapurnapost.com · Wed Nov 15 00:54:45 GMT 2023

काठमाडौं : नेपालले महिला टि-२० आई सिरिजमा आज तान्जानियासँग खेल्दैछ । चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा पहिलो खेल आज बिहान ७ : १५ मा सुरु हुँदैछ । नेपालले पहिलो पटक तान्जानियासँग खेल्न लागेको हो ।

हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् । तान्जानियाविरुद्धको खेलमा पहिलो पटक इन्दु बर्माले कप्तानी गर्दैछिन् । सिरिज खेल्नु अगाडि क्यानले रुविना क्षेत्रीलाई खेलाडीको रुपमा मात्र समावेश गरेर बर्मालाई कप्तानको जिम्मेवारी दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)