कोरोना खोप वितरणमा सुदूरपश्चिम, कर्णाली, प्रदेश २ पछाडि
farakdhar.com · Sun Jan 02 17:06:29 GMT 2022
कोरोना खोप लगाउनमा सुदूरपश्चिम, कर्णाली र प्रदेश २ पछाडि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार धनगढीमा भएको कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक अनुज भट्टचनले बागमती, गण्डकी र प्रदेश नम्बर १ को तुलनामा सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर २ कोरोना खोप लगाउने कार्यक्रम निकै पछि रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार पहिलो र दोस्रो मात्राको खोप पुस मसान्तसम्ममा देशभर ६६ प्रतिशत पुर्याउने लक्ष्य राखिएकोमा अहिलेसम्म पहिलो खोप ६५ र दोस्रो खोप ५२ प्रतिशतले मात्र लगाएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)