मध्यभोटे कोशीको साधारण शेयर बिक्री म्याद थप
dcnepal.com · Sun Aug 01 16:20:52 GMT 2021
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो ।
मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले यही साउन ३१ गतेसम्म साधारण शेयरमा आवेदन दिन सक्नेछन् । यसअघि यही साउन १७ गतेसम्म साधारण शेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रति शेयर अङ्कित मूल्यका ६० लाख कित्ता साधारण शेयर स्थानीयवासीका लागि बिक्री गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)