१३ हजारले पाए कोरोना बिमा रकम
nayapatrikadaily.com · Wed Jan 11 00:46:00 GMT 2023
निर्जीवन बिमा कम्पनीहरूले १३ हजार एक सय ९९ वटा कोरोना बिमाको एक अर्ब १२ करोड ४९ हजार दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूमा परेको कोरोना बिमा दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो ।
नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीहरूले सरकारले पहिलो चरणमा निकासा गरेको रकम भन्दै १३ मंसिरदेखि भुक्तानी सुरु गरेका हुन् । पहिलो चरणमा कम्पनीहरूले व्यक्तिगत कोरोना बिमा रकम भुक्तानी गर्न मन्त्रालयले निर्देशन दिएको थियो । सोहीबमोजिम १५ हजार नौ सय ४८ वटा व्यक्तिगत कोरोना बिमा दाबी रकम भुक्तानीका लागि छनोट गरिएका थिए । कम्पनीहरूले सो संख्याको बिमा दाबीबापत एक अर्ब ३५ करोड भुक्तानी गर्ने जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)