मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा राजनीतिक समितिको बैठक आज बस्दै

lokaantar.com · Sun Jan 01 23:32:18 GMT 2023

जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज सोमबार बस्दैछ बैठक भोलि मंगलबारसम्म चल्ने सो दलले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरुमा राजनीतिक बैठकमा निर्णय हुने सो दलका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)